काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरुवा तथा बढुवा प्रणाली पारदर्शी र नीति आधारित बनाउन आवश्यक बताउनुभएको छ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँगको छलफलमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । दिनैपिच्छे सरुवा हुने तथा कर्मचारीले सुरुवा बढुवाका लागि सचिव वा सहसचिवलाई भेट्नै पर्ने संस्कृतिको विकास हुँदा प्रशासनिक संयन्त्रमाथि व्यापक प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ।
मन्त्री र सचिवलाई भेटेपछि मात्र सरुवा हुने मनोविज्ञानको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरुवा र बढुवा अनुमानमा आधारित तथा पारदर्शी तरिकाले हुने प्रणालीको विकास गरेर प्रत्येक कर्मचारीले आफ्नो अवस्थाको सहज आँकलन गर्न सक्ने वातावरण बनाउनेमा आफ्नो जोड रहने बताउनु भयो । उहाँले कर्मचारीको सरुवा र बढुवाका लागि कर्मचारीले पैसा खर्च गर्ने संस्कारको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया