काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार माध्यमहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने कुरालाई लोकतन्त्र खोसियो भन्ने भ्रम नफैल्याउन सचेत गराउनुभएको छ ।
बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रेस काउन्सिलबाट दर्ता हुँदै आएको कुरा अब जिल्ला प्रशासनबाट दर्ता हुने व्यवस्था हुँदैमा लोकतन्त्र खोसियो भन्ने अर्थ नलगाउन आग्रह गर्नुभयो । ऐन बनाउने काम सरकारको भएको र कहाँ गएर दर्ता गर्नुपर्छ भनेर कानूनले भनेको छ त्यहीँ गएर दर्ता हुनुपर्ने बताउनु भयो ।
अहिलेको ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा गएर दर्ता गर्नुपर्ने व्यवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयमै गएर दर्ता गर्न आग्रह गर्नुभयो । मन्त्री गुरुङले केही नेपाल ऐन संशोधन गर्ने विषय सञ्चार मन्त्रालयको नभइ कानून मन्त्रालयको रहेको पनि स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया