देश किन बनेन भनेर समीक्षा हुनुपर्छः अध्यक्ष महतो

305 Shares

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताउनुभएको छ।

आइतबार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भएपनि बन्न नसकेको बताउनु भयो । 

उहाँले ७० वर्षमा सात वटा संविधान निर्माण भएपनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताउनु भयो । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको बताउनु भयो । 

उहाँले नेपाल बनाउन नसकेको कुरा सबैले गर्ने गरेको तर नेपाल कसरी बनाउने भनेर कसैले भन्न नसकेको बताउनु भयो ।