काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरुले मात्रै संसद अवरुद्ध गरिरहेको बताउनुभएको छ।
आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद नचाहिएकाहरुले मात्रै संसदमा अवरोध सिर्जना गरेको बताउनु भयो ।
अराजकता र राजा चाहिनेहरुले नै अहिले संसदमा अवरोध गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर संस्दीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरुबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गर्नुभयो ।
यस्ता समस्या पुराना पार्टीहरुमा पनि रहेको र त्यसलाई हटाउनुपर्ने बताउनु भयो । नयाँ राजनीतिक दलहरुले पनि संविधान र कानूनभित्र बसेर आफ्ना अभिव्यक्ति दिन स्वतन्त्रता रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया