काठमाडौँ । २०८२ श्रावण १८ गते आइतबार तदनुसार ३ अगस्ट २०२५ नवमी तिथी ६ घडी २४ पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ। बिशाषा नक्षत्र १ घडी ५० पला उप्रान्त अनुराधा नक्षत्र प्रारम्भ हुनेछ। शुक्ल योग तैतिल करण आज बिहान सूर्योदय ५:२९ मा भयो भने सूर्यास्त साँझ ६:५० मा हुनेछ। आज आइतबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त हुने देखिन्छ । बोलीमा माधुर्यता छाउनेछ । साथीभाइको सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
वृष राशि
पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। लेखनशैलीमा तीव्रता आउने देखिन्छ। अनावश्यक विवादको अन्त्य भएर जानेछ ।साथीभाईबाट सहयोग मिल्ने देखिन्छ।
मिथुन राशि
अनावश्यक वादविवादको सिर्जना भएर जानेछ पतिपत्नीबीच कलह बढेर जाने देखिन्छ। व्यवसायमा घाटा बेहोर्नुपर्ने देखिन्छ। दुर्व्यव्यसनमा फस्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।
कर्कट राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ । धार्मिक कार्यमा बाधा आउने देखिन्छ। जागिरमा अब्जस आउने देखिन्छ । कृषि तथा चौपायाबाट घाटा बेहोर्नु पर्दा मानसिक तनाव बढेर जानेछ।
सिंह राशि
धार्मिक कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ । नयाँ कार्यको थालनी हुने देखिन्छ ।वैदेशिक व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। मुद्दा मामिलामा तपाईंकै जित हुने देखिन्छ।
कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट फाइदा लिन सकिने देखिन्छ । आकस्मिकरुपमा धनलाभ लिन सकिनेछ । कृषि क्षेत्रबाट राम्रै आम्दानी गर्न सकिने योग छ । स्वास्थ्यमा सुधार भएर जानेछ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । जग्गा जमिनसम्बन्धी काममा कलह बढेर जानेछ । पठनपाठनमा बाधा आउनुका साथै झुटा आराेपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ । स्वास्थ्यसम्बन्धी सुधार भएर जाने देखिन्छ । वैदेशिक कार्यमा लाभ लिन सकिनेछ। परिवारमा मांगलिक कार्यको शुभारम्भ हुने देखिन्छ।
धनु राशि
व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। गरिरहेको काममा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।
मकर राशि
बौद्धिक क्षेत्रमा अगाडि बढेर जानेछ । शैक्षिक कार्यमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ। कुराकानीहरु प्रशंसा गर्न थाल्नेछन् । स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जानेछन्।
कुम्भ राशि
वैदेशिक कार्यमा सुधार भएर जानेछ । लेखन शैलीमा तीव्रता आउनेछ। दाजुभाइमा माधुर्यता छाउनेछ। पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउने देखिन्छ।
मीन राशि
मुद्दा मामिलामा फसिने योग छ । न्यायिक कार्यमा बाधा हुने देखिन्छ । राज्यपक्षबाट केही कष्टता पाइने योग छ । सामाजिक कार्यमा वादविवादको सामना बढेर जानेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया