काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौति रहेकाे आरोप लगाउनुभएको छ।
उहाँले प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आउनुभएको आरोप लगाउनुभएको हो । पार्टी फुटाउने, राज्यका अंगहरु छिन्नभिन्न बनाउने काममा लागेको जिकिर गर्दै उहाँले अहिलेको प्रश्न ०८४ मा निर्वाचन हुन्छ की हुँदैन भन्ने भन्दा पनि अहिलेको व्यवस्था बँच्छ की बँच्दैन भन्ने चिन्ताको विषय रहेको बताउनु भयो । महासचिव देव गुरुङले यो सदन ०८४ सम्मै सुचारु हुनसक्नेमा पनि आशंका व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओली एवं नेकपा एमाले अध्यक्ष शान्ति सम्झौताको विपक्षमा रहनुभएका व्यक्ति भएकोले उहाँको सोच वर्तमान व्यवस्था जोगाउनेतिर नरहेको आरोप लगाउनु भयो । लोकतन्त्र, संविधान, राष्ट्रियतालाई रक्षा गर्नुपर्छ भन्ने मोडलमा सबै राजनीतिक दल अगाडि गए मात्र अहिलेको व्यवस्था बच्ने बताउनु भयो । अहिलेको लडाईं व्यवस्था जोगाउनका लागि हुनुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले कुनैपनि बेला शक्तिकेन्द्रको उक्सावटमा आएर व्यवस्थामाथि प्रहार गर्नसक्ने आरोप लगाउनु भयो । उहाँले ०८४ सम्म वृहत्तर कम्युनिष्ट एकीकरण हुने पनि बताउनु भयो । कम्युनिष्टहरु नै मुलुकमा पहिलो ठूलो पार्टी बन्ने बताउनु भयो ।
महासचिव गुरुङले व्यवस्थापिक संसद समय समयमा बलीको बोको भइरहेको बताउनु भयो । प्रणालीमाथि अहिले पनि ठूलो जोखिम रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया