काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताउनुभएको छ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताउनु भयो । तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दासमेत नसकेको स्थिति रहेको बताउनु भयो । उहाँले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताउनु भयो ।
अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको बताउनु भयो । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पुर्याएको बताउनु भयो । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको बताउनु भयो । सबै महिनामा सिंचाई पुर्याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मिहेनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुशीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया