काठमाडाैं । २०८२ साल श्रावण १५ गते बिहीबार । तदनुसार ३१ जुलाई २०२५ सप्तमी तिथी ५६ घडी २९ पला उप्रान्त अष्टमी तिथि प्रारम्भ हुनेछ। चित्रा नक्षत्र ४८ घडी ५७ पला उप्रान्त स्वाति नक्षत्र प्रारम्भ हुनेछ। साध्य योग गर करण आज बिहान सूर्योदय ५:२७ मा भयो भने सूर्यास्त साँझ ६:५२ मा हुनेछ। आज बिहीबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
काममा बाधा आउनेछ । साथीभाइमा अनावश्यकरुपमा कलह बढेर जाने देखिन्छ ।मानसम्मानमा अघात पुग्नेछ । लेखन शैलीमा कमी आउनुका साथै पारिवारिक कलह बढेर जाने देखिन्छ ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । दाजुभाइमा मित्रता बढेर जानाले सबैको विश्वास जित्न सकिनेछ।
मिथुन राशि
बाेलीको प्रभाव बढेर जानेछ । अध्ययनमा सफलता प्राप्त हुनाका साथै कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्ने छ । प्रेम गर्ने अवसर जुट्नेछ।
कर्कट राशि
पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। व्यापार व्यवसायबाट सफलता प्राप्त गर्ने योग छ ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । अनावश्यकरुपमा झैझगडाको सामना गर्नुपर्नेछ । लेखन शैलीमा कमी आउनुका साथै बोलीमा कठोरता आउने देखिन्छ ।
कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। जलयुक्त पदार्थबाट मनग्य लाभ लिन सकिनेछ। नयाँ कार्यको शुभारम्भ हुनुका साथै स्वास्थ्यमा सुधार आउनाले मनमा खुशी छाउनेछ ।
तुला राशि
स्वास्थ्यमा उत्तरचढाव आउने देखिन्छ । बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ । सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ ।
वृश्चिक राशि
पराक्रममा वृद्धि भएर जानेछ । दाजुभाइको सरसहयोग प्राप्त गर्न सकिने देखिन्छ । वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ । माङ्गलिक कार्यमा सहभागी भइनाले सबैको प्यारो बनिनेछ।
धनु राशि
मानसम्मानमा वृद्धि भएर जानेछ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। मुद्दा मामिलामा फसिने योग छ । स्वास्थ्यमा सुधार आउनुका साथै नयाँ कार्यको थालनी हुनेछ ।
मकर राशि
दूधजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। वैदिक क्षेत्रबाट अगाडि बढिनेछ । न्यायिक व्यवसायबाट मनग्य लाभ लिन सकिनेछ। सन्तानबाट प्राप्त सुखले मनमा खुसी छाउनेछ ।
कुम्भ राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको छ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ । व्यापार व्यवसायबाट घाटा बेहोर्नु पर्ने योग रहेको छ ।
मीन राशि
न्यायिक कार्यमा तपाईंकै जित हुने देखिन्छ। पारिवारिक स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी हुनाले सबैको विश्वास जित्न सकिने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया