माओवादी केन्द्रद्वारा स्थायी कमिटी बैठकका एजेण्डा तय

279 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आउँदो शुक्रबार बस्ने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले शुक्रबारदेखि शुरु हुने स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटी बैठकका एजेण्डाहरुमा पार्टी अभियानलाई निरन्तरता दिने, संगठनलाई बलियो बनाउने र समाजवादी मोर्चालाई थप सक्रिय बनाउने विषय तय भएका छन् । 

सापकोटाले स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गर्ने पनि जानकारी दिनुभयो । स्थायी कमिटी बैठकबाट संगठन निर्माण, नेताहरुको कार्यविभाजन लगायत प्रश्ताव पारित गरिने पनि बताउनु भयो ।