सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छः प्रधानमन्त्री

344 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताउनुभएको छ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गर्नुभएको हो। उहाँले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने भन्दै प्रश्न गर्नुभयो। 

यसअघि बैठकको शून्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको आरोप लगाउनु भएको थियो। मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको आरोप थियो। उहाँले विकास र आर्थिक बृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नु पर्ने पनि बताउनु भयो।