आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

276 Shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बुधबार) बस्दैछ ।

बैठक बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ।

बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।