प्रधानमन्त्री ओली साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानकाे भ्रमणमा जाने

314 Shares

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानकाे भ्रमणमा जाने भएका छन् । उनी साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान जाने तय भएकाे हाे । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको हाे।

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदैछन्। सम्मेलनमा भूपरिवेष्ठित मुलुकहरूको विकाससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय छलफल हुने अपेक्षा गरिएको छ।

फाइल फाेटाे