राष्ट्र बैंकद्वारा मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण

222 Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। 

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९७ पैसा छ। त्यसैगरि आज युरो एकको खरिददर १६१ रुपैयाँ २१ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९१ पैसा छ। आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा छ भने अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३१ पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा छ। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५३ रुपैयाँ २७ पैसा र बिक्रीदर ४५५ रुपैयाँ २४ पैसा छ। आज बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६८ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा थियो। 

यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।