०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला

288 Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो । उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताउनु भयो । अहिले क्रियाशील सदस्यता टुंगी नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताउनु भयो । 

नेता सिटौलाले ०८३ सालको मंसिरभन्दा पछि महाधिवेशन लैजान नहुने बताउनु भयो ।