मिडिया काउन्सिललाई स्वायत्त बनाउनु पर्छः सांसद पौडेल

271 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मिडिया काउन्सिललाई स्वायत्त बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । नयाँ सञ्चार माध्यम (न्यु मिडिया) का नाममा सूचना संप्रेषणका हकमा नागरिकमाथि अनावश्यक हस्तक्षेप हुनु नहुने उहाँका भनाइ छ । 

जनतालाई सूचनाको हक प्रदान गर्ने विषयमा मिडियालाई राज्यले निर्देशित गर्न नहुने बताउँदै उहाँले भ्रामक सूचना प्रसारण गर्ने सञ्चार माध्यमलाई कडा कारबाहीको व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विधेयक आवश्यक भए पनि त्यसमा सच्याउनुपर्ने महत्वपूर्ण बुँदाहरु रहेको भन्दै सुधार गर्न सरकारलाई आग्रह गर्नुभयो । 

मिडियालाई नियमन गर्न नसके समाजमा अराजकता बढ्नसक्ने उल्लेख गर्दै सांसद पौडेलले विधेयकलाई समृद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । पत्रकारिताको नाममा समाजमा भइरहेको अराजकतालाई रोक्न आवश्यक रहेको उहाँको भनाइ छ ।