सांसदको प्रश्नः प्रहरीको प्राथमिकता रासन हो कि हतियार ?

303 Shares

काठमाडाैँ । सांसदहरुले नेपाल प्रहरीलाई हतियार र रासनमा कुन बढी प्राथमिकता हो ? भन्दै प्रश्न गरेका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्ने सांसदहरूले यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले प्रहरीलाई पर्याप्त मात्रामा रासन र बस्ने उचित व्यवस्था गर्न नसकेको अवस्थामा रासन र बसोवासको व्यवस्थापन प्रथमिकता हो कि हतियार ? भनी प्रश्न गर्नुभयो ।

सांसदको प्रश्नमा जवाफ दिँदै प्रहरी महानिरीक्षक दीपक थापाले हतियार खरिदको विषय सरकाको पनि प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । उहाँले हतियार प्रहरीका लागि नभइ नहुने अवस्था आएकाले नै खरिद गर्न लागिएको स्पष्ट पार्नुभयो ।