काठमाडाैं । पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गर्नुभएको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताउनुभएको हो । आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नु पर्ने र आवश्यक नएको ठाउँमा राख्दापछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया