आज बस्दै एमालेकाे पोलिटब्युरो बैठक

288 Shares

काठमाडौँ ।  आज नेकपा एमालेको पोलिटब्युरो बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने बताइएकाे छ । 

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव याेगेश भट्टराईले जानकारी दिए ।