काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पत्ती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ गतेदेखि हस्ताक्षर अभियान शुरु गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै हस्ताक्षर अभियानका संयोजक दीपक बोहराले संसारभर हस्ताक्षर अभियान जारी रहेको बताउनु भयो । उहाँले हाल हस्ताक्षर अभियान प्रदेश र पालिका कमिटीले सञ्चालन गरिरहेको उल्लेख गर्दै साउन ५ गतेदेखि वडास्तरमा घरदैलो कार्यक्रम गरिने बताउनु भयो ।
त्यस्तै पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक समेत सार्वजनिक गरेको छ । अगामी कात्तिक १७ गते रूपन्देही– ३ हुने उपनिर्वाचनको उम्मेदवार तय गर्नको लागि उम्मेदवारको मापदण्ड तय गरी सार्वजनिक गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया