२०८२ साल असार ३१ गतेः यस्ताे छ आजकाे राशिफल

274 Shares

काठमाडौँ । २०८२ साल असार ३१ गते मंगलबार । तदनुसार १५ जुलाई २०२५ । पञ्चमी तिथी ४२ घडी १० पला उप्रान्त षष्ठी तिथी प्रारम्भ  हुनेछ । शतभिषा नक्षत्र ४ घडी १६ पला उप्रान्त पूर्वभाद्र प्रारम्भ हुनेछ । सौभग्य योग कौलव करण आज बिहान सूर्योदय ५ः१९ मा भयो भने सूर्यास्त ७ बजे हुनेछ। आज मंगलबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि 
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । पैत्रिक सम्पत्तिमा विवादको सामना गर्नुपर्नेछ ।दाजुभाइमा कलह बढेर जानेछ कुरा काट्नेहरु सक्रिय रहनेछन् स्थानान्तरणको योग रहेको छ। 

वृष राशि 
पठनपाठनमा सफलता पाइने देखिन्छ । बोलीमा माधुर्यता छाउनेछ। दाजुभाइको सरसहयोगले लामाे समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ। 

मिथुन राशि 
मानसम्मानमा अघात पुग्नेछ । लेखन शैलीमा कमी आउनेछ। आकस्मिकरूपमा पारिवारिक मनमुटावको सिर्जना हुने देखिन्छ । बोलीमा कठोरता आउनाले मानसिक तनाव बढेर जानेछ। 

कर्कट राशि 
काममा ढिला सुस्ती भएर जानेछ । गरिरहेका काममा अपसहजको सामना गर्नुपर्नेछ ।प्राविधिक कार्यमा बाधा आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।

सिंह राशि 
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनेछ ।बोलीमा मिठास छाउनेछ । दाजुभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ ।

कन्या राशि 
बोलीको प्रभाव बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले सबैको प्यारो बनिनेछ ।

तुला राशि 
दौडधुपमा समय व्यतीत हुनेछ । अध्ययन अध्यापनमा बाधा आउनेछ। सामाजिक कार्यमा विवादको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । झुटा आरोपको सामना गर्नुपर्नेछ। 

वृश्चिक राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ। मानसम्मानमा अघात पुग्नेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनुका साथै लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ ।

धनु राशि 
व्यापार व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ । आफन्तको सरसहयोग पाइने योग छ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसा पाइनेछ। पढाइमा प्राप्त सफलताले मनमा खुसी छाउनेछ। 

मकर राशि 
अध्ययन अध्यापनमा सफलता पाइनेछ । पारिवारको सरसहयोगले धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ ।

कुम्भ राशि
अनावश्यकरूपमा खर्चमा वृद्धि भएर जानेछ । नशासम्बन्धी समस्याले सताउने छ । स्वास्थ्यमा गडबढी आउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । धनमाल हराउन सक्ने योग छ। 

मीन राशि 
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । व्यापारमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिने योग छ।