284
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरुको बीचमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा कयाैं मानक बनाउन सकेको बताउनु भयो । उहाँले आफू सोही दिशाका लागि आत्मालोचनासहित अघि बढेको बताउनु भयो । उहाँले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बताउनु भयो ।
उहाँले सरकारले कुशासनको तानाशाही गाढा चलाइरहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया