314
Shares
काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ।
प्रतिनिधि सभाको बैठकमा सोमबार बोल्दै उहाँले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गर्नुभएको हो । मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गर्नुभयो । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको हो ।
घुससम्बन्धी अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया