प्रमुख दुई ठूला दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको राप्रपाको आरोप

282 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख दुई ठूला राजनीतिक दलले सत्ताको सिण्डिकेट बनाएर देश लुटिरहेको आरोप लगाउनुभएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाउनुभएको हो । राजावादीहरुलाई तह लगाएको भन्दै जनतामा भ्रम छरेर लुट्ने काम भइरहेको उहाँको आरोप छ । उहाँले संसदमा लामो सयमदेखि दुई महत्वपूर्ण राजनीतिक दलहरुले विरोध गरिरहे पनि सरकारले दुईतिहाईका शक्ति प्रदर्शन गरिरहेको टिप्पणी गर्नुभयो । 

गतिरोध र त्यसको व्यवस्थापनप्रति सभामुखले खेलेको भुमिकाप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले संसदमा डेढ महिनादेखि विरोध भइरहँदा पनि जबर्जस्ती बैठक चलाइएको उल्लेख गर्दै यो समय सभामुखको कार्यकालकै कालो समयको रुपमा रहने टिप्पणी गर्नुभयो । 

उहाँले बेरोजगार युवाबाट रकम असुली गरेर भिजिट भिसाको दुरुपयोग गरेको विषयमा आफूहरुको आन्दोलन जारी रहने पनि बताउनु भयो ।