मुलुकमा सुशासनको प्रत्याभुतिका लागि कठोर बन्न प्रधानमन्त्रीलाई सांसद भट्टराईको आग्रह

322 Shares

काठमाडाैं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले मुलुकमा सुशासनको प्रत्याभुति अनिवार्य रहेको बताएको बताउनुभएको छ ।

आइतबार संसद भवन परिसररमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । सरकारले सुशासनमा सम्झौता गर्न नहुने उहाँको भनाइ छ । उहाँले सत्तारुढ दलभित्रै गडबडी भएपनि छानबिन गरी दोषीलाई कारबाही गर्ने कुरामा कठोर बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । 

राजनीतिक दल र व्यवस्थाको छवि जोगाउनसमेत व्यक्तिको अनुहार हेर्न नहुने उहाँको जिकिर छ । मुलुकमा शासकीय स्थायित्व दिने गरी काम गर्न समग्र कर्मचारीतन्त्रलाई पनि आग्रह गर्नुभयो ।