काठमाडाैँ । २०८२ साल आषाढ २० गते शुक्रबार, तदनुसार ४ जुलाइ २०२५ । नवमी तिथी २८ घडी ४० पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । चित्रा नक्षत्र ३१ घडी २७ पला उप्रान्त उत्तर स्वाति प्रारम्भ हुनेछ । सिद्ध योग कौलव करण आज बिहान सूर्योदय ५ः१४ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज शुक्रबार चन्द्रमा तुला राशिमा
मेष राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । बोलीमा मिठास छाउनेछ। शैक्षिक क्षेत्रमा प्रगति भएर जानुका साथै अनावश्यक विवादको अन्त्य हुनुका साथै पतिपत्नीबीच माधुर्यता छाउने देखिन्छ।
वृष राशि
विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। सानोतिनो कुरामा वादविवादको सामना गर्नुपर्नेछ। नयाँ मार्गबाट आम्दानीका स्रोतहरु अगाडि बढाइने योग छ । लेखन शैलीमा तीव्रता आउनेछ।
मिथुन राशि
आँखासम्बन्धी समस्याले सताउने देखिन्छ। बोलीमा कठोरता आउने देखिन्छ । लेखनशैलीमा कमी आउने देखिन्छ । रोजगारीमा अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । सजगता अपनाउनुहोला।
कर्कट राशि
अधुरा काम पूरा भएर जानेछन् । नोकरीमा पदोन्नतिको सम्भावना बढेर गएको छ ।पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ ।भोजभतेरमा सामेल भइनेछ।
सिंह राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । न्यायिक कार्यमा तपाईँकै जित हुने देखिन्छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुनुका साथै लेखनशैलीमा तीव्रता आउने देखिन्छ।
कन्या राशि
आयमा कमी आउनेछ । बोलीमा कठोरता आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ । आर्थिक लेनदेनमा वाद विवादको सामना गर्नुपर्ने देखिन्छ।
तुला राशि
अध्ययनमा सफलता पाइने योग छ । राजनीतिबाट फाइदा लिन सकिनेछ। सामाजिक उत्तरदायित्व बढेर जानेछ । व्यवसायिक कामबाट प्राप्त सफलताले सबैको प्यारो बनिनेछ।
वृश्चिक राशि
झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यक विवाद बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनुका साथै मातृ स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ।
धनु राशि
अध्ययनमा सफलता पाइने योग छ । कृषि तथा पशुपालनबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
मकर राशि
दाजुभाईमा कलह बढेर जानेछ । न्यायिक कार्यमा समस्या आउने देखिन्छ । राज्यपक्षबाट केही कष्टता पाइने योग छ । अनावश्यक विवाद बढेर जाने देखिन्छ।
कुम्भ राशि
नयाँ कार्यको थालनी हुनेछ। पराक्रम बढेर जानेछ। मानसम्मानमा मानसम्मानमा वृद्धि भएर जानेछ। । न्यायिक कार्यमा सफलता प्राप्त हुनुका साथै बोलीमा सुधार भएर जानेछ।
मिन राशि
लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। पठनपाठनमा सफलता पाइने योग छ। सौन्दर्यतामा मन जानेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् भने शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया