सुनचाँदीको मूल्य बढ्ने क्रम आज पनि जारी

18 Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ। आइतबार तोलामा एक हजार ९ सय रूपैयाँले बढेको सुनको मूल्य साेमबार प्रतितोला ६ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

चाँदी आइतबार तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी सोमबार चार हजार तीन सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ८० रूपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।