काठमाडौं । शेयर बजार परिसूचक सोमबार ९.१९ अंकले बढेको छ । योसँगै बजार २ हजार ६३१.४८ विन्दुमा कायम भएकाे छ ।
आज १४५ कम्पनीको शेयर मूल्य बढेको छ । १०३ कम्पनीको मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार बढे पनि कारोबार रकम भने आज घटेको छ । ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार ३७१ पटकमा खरिद–बिक्री भएको हो । आइतबार सात अर्बमाथिको कारोबार भएको थियो ।
आज राप्ती हाइड्रो, धौलागिरि लघुवित्त, विन नेपाल लघुवित्त, सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक उच्च कमाउने शीर्ष पाँच कम्पनीमा परे भने पञ्चकन्या माई हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, पिपुल्स हाइड्रो, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।
फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूह सूचक घटेको छ । बाँकी समूह सूचक बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया