साधारण खर्चमा नभई पुँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी छः सांसद महत

408 Shares

काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले साधारण खर्चका लागि आन्तरिक ऋण लिने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ। 

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । तलब, भत्ता, प्रशासनिक खर्चजस्ता निरन्तर दोहोरिने खर्चमा ऋण प्रयोग हुनु अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम हुने उहाँको भनाइ छ । सरकारलाई खर्चको प्राथमिकता पुनःसंरचना गर्न र ऋणको सदुपयोग सुनिश्चित गर्न आग्रह गर्दै उहाँले साधारण खर्चमा नभई पूँजी निर्माणमा ऋणको प्रयोग हुन जरुरी रहेको बताउनु भयो । 

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले ऋणको सदुपयोग गर्ने सवालमा सरकार गम्भिर बन्न जरुरी रहेको बताउनु भयो । उहाँले साधारण खर्चको लागि पनि जम्मै पैसा सरकारले लिएपछि निजी क्षेत्रले के पाउँछ ? उहाँको प्रश्न छ । 

हरेक वर्ष बजेट निर्माणको क्रममा ठुलो ब्याजदरमा आन्तरिक ऋण लिँदै जाने हो भने अर्थतन्त्र र उत्पादनमा गम्भिर प्रभाव पर्ने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पूँजी निर्माण गर्ने उत्पादन दिने कुरामा मात्र आन्तरिक वा बाह्य ऋणको प्रयोग हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजको समस्या गम्भिर बन्दै गएको उल्लेख गर्दै यसको समाधानका लागि सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।