सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

432 Shares

काठमाडौं । सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । 

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् । 

न्युरोड लगायतका स्थानहरुमा सुनचाँदी पस बन्द रहेको छ। विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।