काठमाडाैं । २०८२ साल आषाढ ११ गते बुधबार । तदनुसार २५ जुन २०२५ औंशी तिथि २८ घडी ११ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । मृगशीरा नक्षत्र १५ घडी ४४ पला उप्रान्त आरद्रा नक्षत्र प्रारम्भ हुनेछ । गण्ड योग चतुष्पद करण आज बिहान सूर्योदय ५ः११ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज बुधवार चन्द्रमा मिथुन राशिमा
मेष राशि
पैत्रिक सम्पत्ति पाइने योग छ। बोलीमा मिठास छाउने छ । पारिवारिक जमघटमा समय व्यतीत हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । आयमा वृद्धि हुनाले मनमा खुसी छाउने देखिन्छ।
वृष राशि
आयमा कमी आउनेछ। बोलीमा कठोरता आउनुका साथै अनावश्यक खर्चको मात्रा बढेर जानेछ। स्वास्थ्यमा उतारचढाव आउने हुँदा खानपानमा विचार पुर्याउनु पर्ने देखिन्छ।
मिथुन राशि
वैदेशिक कार्यमा सफलता पाइने योग छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ । भोजभतेरमा सहभागी भइनेछ।
कर्कट राशि
बोलीमा कठोरता आउने हुँदा हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
सिंह राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । कृषि कार्यमा सक्रिय भइनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ।
कन्या राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनु पर्ने देखिन्छ । पारिवारिक मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढ्नुका साथै सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ।
तुला राशि
पारिवारिक कलह बढेर जानेछ । हातमा परेको धनसमेत प्राप्त गर्न नसक्ने सम्भावना बढेर गएको छ। अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। न्यायिक कार्यमा बाधा आउने देखिन्छ।
वृश्चिक राशि
रमाइलो यात्राकाे योग रहेको छ। अध्ययन अध्यापनमा सफल भइनेछ । बोलीमा मिठास आउनेछ । प्रेम गर्ने अवसर जुट्नेछ। राजकाजमा सामेल हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।
धनु राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । न्यायिक क्षेत्रमा सुधार भएर जानेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।
मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । शारीरिक आलस्यता बढ्नुका साथै लेखनशैलीमा कमी आउनेछ। साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जाने योग छ।
कुम्भ राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनुपर्नेछ । मुद्दा मामिलामा फसिने योग छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मनमा चिन्ता बढेर जानेछ।
मीन राशि
मानसम्मान पाइने योग छ । पारिवारिक सरसहयोगले गर्दा नयाँ कार्यको थालनी हुनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । आयमा वृद्धि र कार्यमा प्रगति हुनाले मनमा खुसी छाउने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया