बनेपामा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

1.7k Shares

काभ्रे । बनेपामा गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार बनेपा नगरपालिका ७ गोदामचोक नजिकै आज दिउँसो ना ४ च ५९४५ नम्बरको योद्धा गाडीको ठक्करबाट स्कुटरमा सवार पुरुषको मृत्यु भएको हो। 

मृत्यु हुनेमा काभ्रेको तेमाल गाउँपालिका १ घर भइ हाल बनेपा बसपार्क नजिक डेरा गरेर बस्ने करिब ४५ वर्षीय ज्ञानध्वज तामाङ रहेका छन्। 

बनेपा-पनौती सडकखण्डमा पनौतीबाट बनेपातर्फ आउँदै गरेको गाडीले बा.प्र.०२-०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि गाडीका चालक फरार रहेका र गाडी धनी धनुषाको जनकपुर उपमहानगरपालिका १३ का अजय यादवलाई घटनाको विषयमा जानकारी गराइएको प्रहरीले जनाएको छ।