काठमाडौँ । २०८२ साल असार ५ गते बिहीबार। तदनुसार १९ जुन २०२५ अष्टमी तिथी ८ घडी ४५ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । उत्तरभाद्र नक्षत्र ३८ घडी ५२ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । सौभाग्य योग तैतिल करण । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७ बजे हुनेछ। आज बिहीबार चन्द्रमा मीन राशिमा ।
मेष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । बाेलीमा कठाेरता आउनुका साथै पैतृक सम्पत्तीमा वादविवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । व्यापार व्यवसायमा वृद्धि भएर जानेछ । स्वास्थमा सुधार भएर जानुका साथै पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ ।
मिथुन राशि
बोलीमा कठोरता आउनुका साथै पशु तथा चौपायबाट घाटा व्यहोर्नुपर्ने देखिन्छ ।मुद्दा मामिलामा फसिने योग छ । साथीभाइबाट अपहेलित हुनुपर्दा मानसिक तनाव बढेर जानेछ ।
कर्कट राशि
झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउनुका साथै साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा गडबढ आउने देखिन्छ।
सिंह राशि
जग्गा जमिनसम्बन्धी कामबाट मनग्य लाभ लिन सकिनेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्ने योग छ। लेखनशैलीमाथि व्रत आउने देखिन्छ।
कन्या राशि
पारिवारिक सरसहयोगले गर्दा लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पतिपत्नीबीच माधुर्यता छाउनुका साथै ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
तुला राशि
आयआर्जनमा कमी आउनेछ। झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ। विपरीत कार्यमा संलग्नता भइनेछ । पेटसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
वृश्चिक राशि
शैक्षिक क्षेत्रमा बाधा हुनेछ । मातृ स्वास्थ्यमा उतारचढाव आउनुका साथसाथै दाजुभाइमा समेत कलह बढेर जानेछ । आर्थिक कारोबारमा वादविवादको सिर्जना हुने देखिन्छ।
धनु राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । भोजभतेरमा सामेल भइनेछ। लामो समयदेखि रोकिएका काम पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनुका साथै उत्साह बढेर जाने देखिन्छ।
मकर राशि
अधुरा कामहरू पूरा भएर जानेछन् । लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ । सौन्दर्यतामा मन जानुका साथै न्यायिक कार्यमा सफलता पाइने योग छ।
कुम्भ राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। बाहन आदिबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।
मीन राशि
पराक्रम बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार हुनुका साथै लेखनशैलीमा समेत तीव्रता आउने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। मांगलिक कार्यमा सहभागी भइने योग छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया