नेप्से परिसूचक १३.६९ अङ्कले घट्याे, ९ अर्ब ९० करोडकाे काराेबार

335 Shares

काठमाडौँ । शेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले घटेको छ।  

बुधबार बजार परिसूचक १३.६९ अङ्कले घटेर २ हजार ६६४.४७ बिन्दुमा बन्द भएको छ।

बजार घटेपनि कारोबार रकम भने अघिल्लो दिनभन्दा सामान्य बढेको छ । दिनभर बजारमा कुल २४४ वटा कम्पनी र ३०७ वटा स्क्रिपको २ करोड २० लाख ७५ हजार कित्ताभन्दा बढी शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको मूल्यमा गिरावट आएको छ। कुल १७० कम्पनीको शेयर मूल्य घट्दा ७७ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ ।