रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

345 Shares

रसुवा । रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात दश वर्षमा १४ हजार ५००  नाघेको छ ।

विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।   

रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँच पास भइसकेको र ती काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् । 

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । रासस