तीन हजारले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

364 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेकाे छ। शुक्रबार स्थिर भएकाे  सुन आज ताेलामा तीन हजारले घटेकाे  हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा ५ रुपैंयाँले घटेर दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।