काठमाडाैं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमीको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताउनुभएको छ।
इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेटः होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यसपटक आफूले यथार्थपरक बजेट ल्याएको बताउनु भयो ।
उहाँले कसरी लोकप्रियताको खोजीभन्दा पनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउनु भयो । के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उहाँको भनाइ छ । अर्थमन्त्री पौडेलले सिर्जनशील युवाहरुका समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया