प्रधानमन्त्रीद्वारा यस वर्षको मनसुनी अवस्थाबारे जानकारी

351 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको मनसुनी अवस्थाबारे जानकारी लिनुभएको छ।

मंगलबार बबरमहलस्थित विभागको कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीले यस वर्षको मनसुनी अवस्थाबारे विज्ञहरुसँग जानकारी लिनुभएको हो । यस वर्ष जेठ १८ गतेदेखि असोज १४ सम्म मनसुन ऋतुको वर्षाको आँकलन गरिएको छ। 

यस मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान छ। प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पनि विभागमा गएर मौसम पूर्वानुमानबारे जानकारी लिनुभएको छ।