भारतमा कोरोना संक्रमण बढ्दै, दिल्लीमा सक्रिय बिरामीको संख्या १०४ पुग्यो

407 Shares

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा फेरि कोरोनाका बिरामी तीव्र गतिमा बढिरहेका छन्। पछिल्लो एक हप्तामा दिल्लीमा ९९ जना कोरोना संक्रमित भेटिएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार कोरोना फैलिएपछि दिल्लीमा २४ जना बिरामी निको भएका छन् भने हाल १०४ जना सक्रिय बिरामी छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य विभागका अनुसार केरलामा सबैभन्दा बढी ४३० जनामा संक्रमण भएको छ। त्यसपछि महाराष्ट्रमा २०९ जना र दिल्ली १०४ सक्रिय केससहित तेस्रो स्थानमा छ। अन्य राज्यहरूमा पनि कोरोनाका बिरामी बढ्दै गएको स्वास्थ्य विभागले उल्लेख गरेको छ।एजेन्सी