385
Shares
काठमाडौँ । पाकिस्तानको पूर्वीपञ्जाव प्रान्तका धेरै जिल्लाहरूमा तीब्र हावा र असिनासहितको पानीका कारण १९ जनाको मृत्यु भएको छ।
साथै अन्य ९० जनाभन्दा बढी घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिए अनुसार प्रान्तका धेरै जिल्लाहरूमा संरचना भत्किँदा र रूखहरू ढलेर मृत्यु भएको हो । आँधीबेहरीको समयमा भित्ता वा छाना ढल्दा धेरै पीडितहरू माटो वा कमजोर भवनहरूभित्र थिए ।
प्रान्तभरि यात्रा उल्लेखनीयरूपमा प्रभावित भएको थियो र मोटरवे प्रहरीले कमजोर दृश्यता र आँधीबेहरीको गतिविधिलाई उद्धृत गर्दै सडकका केही भागहरू बन्द गरेको थियो । प्रान्तीय राजधानी लाहोरमा उडान सञ्चालनमा पनि कठिनाइहरू सामना गर्नुपरेको थियो ।सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया