नेप्से परिसूचकमा ८.५७ अंककाे गिरावट

330 Shares

काठमाडौँ । आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६७९.९८ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।आइतबार ९९ वटा कम्पनीको मूल्य बढे पनि १४८ वटाको भने घटेको छ। एउटा कम्पनीको मूल्य स्थिर छ ।  

आज नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको मात्रै परिसूचक बढेको छ । जसमा माइक्रोफाइनान्स उपसमूहको ११२.९९ अंकले बढ्दा अन्य १२ उपसमूहका परिसूचक उच्च अंकले घटेका छन् । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक १२१ .२७ अंकले घटेको छ । 

नेप्से परिसूचक घटे पनि आइतबार ओम मेगाश्री फर्म्यास्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,महुली लघुवित्त, रिभर फल्स पावर लिमिटेड, उन्नति सहकार्य लघुवित्त र सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य बढेको छ। तर सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य घटेको छ।