काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारीरूपमा उपयोग गर्न जरुरी रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिकरूपमा धनी देश भएपनि त्यस अनुसारको लाभ लिन नसकिएको बताउनुभएको हो । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्व प्रसिद्ध पर्यटकीयस्थलको देश भएपनि त्यसको लाभ उठाउन नसकेको उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको बताउँदै उहाँले सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेकोसमेत बताउनु भयो ।
अध्यक्ष ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया