नेप्से ७ दशमलव ९४ अङ्कले घट्यो, १० अर्ब बढीकाे कारोबार

350 Shares

काठमाडाैं । मंगलबार उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । 

शेयर बजार परिसूचक नेप्से ‘प्रि–ओपनिङ’ मा ३७ दशमलव ७९ अङ्कले बढे पनि बन्द हुने बेलामा भने ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ । 

आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ।  श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । 

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।