काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकाे आठौँ वार्षिक साधारण सभा जेठ २६ गते हुने भएको छ ।
सभा अम्रपाली बैंक्वट भाटभटेनीमा हुने कम्पनीले जनाएको हो । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।
सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।
कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुने) पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसकाे बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुको साथै सभामा भाग लिन सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया