उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हाेस्ः अध्यक्ष अग्रवाल

352 Shares

काठमाडाैं ।  नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थमन्त्री आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहेको र विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्नेगरी बजेट ल्याउनुपर्ने दायित्व रहेको जिकिर गर्नुभयो । 

उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले तत्काल गर्नुपर्ने, मध्यकालीन एवं दीर्घकालीन सुधारका सुझावहरू दिएको बताउनु भयो । उहाँले केही सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका रहेको उल्लेख गर्नुभयो । उहाँले कतिपय मन्त्रिपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने सुझावहरू आयोगले दिएको बताउँदै आयोगका सुझावहरू कार्यान्वयन होस् भन्ने निजी क्षेत्रको चाहाना रहेको बताउनु भयो ।  

उहाँले सरकारले आयोगले दिएका सुझावहरू कार्यान्वयन नगरे आगामी दिनहरूमा बन्ने आयोगको औचित्य नरहने जिकिर गर्नुभयो ।