403
Shares
काठमाडौं । गए राति भारतले पाकिस्तानमाथि गरेको आक्रमणपछि जवाफमा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ ।
एएफपीले भारतीय सेनाको हवाला दिँदै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन जना भारतीयको मृत्यु भएको जनाएको छ ।
उता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित ७ जनाको मृत्यु भएको बताएका छन् ।
चौधरीले भारतीय सेनाले मस्जिदसहितका स्थानलाई निशाना बनाएको बताएका छन् । उता पाकिस्तानी प्रधानमन्त्रीले भारतले गरेको यो आक्रमणको जवाफ दिने पूर्ण अधिकार पाकिस्तानसँग रहेको बताएका छन् ।एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया