आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिटमा कात्तिक ३० गते पेसी तोकियो

18 Shares

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा कात्तिक ३० गते सुनुवाइ हुने भएको छ ।

कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । बिहीबार कानुन व्यवसायीमार्फत पेस गरिएको उक्त निवेदन शुक्रबार दर्ता भएको हो ।

सर्वोच्च अदालत प्रशासनले रिटको सुनुवाइका लागि आगामी कात्तिक ३० गतेको मिति तोकेको छ ।

सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार जारी गरिएको नियुक्तिसम्बन्धी पत्र अझै बुझेका छैनन् ।