आकर्षक तलबसहित युरोपेली मुलुकमा रोजगारी दिलाइदिने आश्वासन दिएर रकम लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रोमानिया र क्रोएसिया पठाइदिने भन्दै आठ जनाबाट १८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्ला घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ मा बस्दै आएका ३६ वर्षीय वीरेन्द्र शाही छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सूर्यविनायकबाट पक्राउ गरेको हो । पीडितहरूले विदेश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन भएको भन्दै उजुरी दिएका थिए ।
पक्राउ परेका शाहीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने आश्वासन दिएर रकम लिने घटनामा पीडितको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया