फ्रान्सको अर्थतन्त्रमा दबाब, ऋण र राजनीतिक अन्योलले बढायो चिन्ता

48 Shares

युरोपको प्रमुख अर्थतन्त्रमध्ये एक फ्रान्समा बढ्दो आर्थिक दबाबले संकटको जोखिम बढाएको छ । कमजोर आर्थिक वृद्धि, सरकारी ऋणको बोझ, महँगो ऊर्जा र राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई थप चुनौतीपूर्ण अवस्थामा पु¥याएका छन् । बजेट पारित गर्ने विषयमा देखिएको राजनीतिक अन्योलले पनि लगानीकर्ताको विश्वास कमजोर बनाएको छ ।

फ्रान्सको आर्थिक अवस्थाप्रति चिन्ता बढ्नुको अर्को कारण सरकारी ऋणपत्रको बढ्दो ब्याजदर हो । अक्टोबर २१ मा फ्रान्सको १० वर्षे सरकारी ऋणपत्रको ब्याजदर पाँच प्रतिशतभन्दा माथि पुगेको छ, जुन सन् २००२ यताकै उच्च स्तर हो । यसले सरकारलाई ऋण व्यवस्थापन गर्न थप महँगो पर्ने जोखिम बढाएको छ । सन् २०२६ को दोस्रो त्रैमासिकमा अर्थतन्त्रको वृद्धि शून्यमा सीमित भएको छ भने अगस्टमा उपभोक्ता खर्च ०.५ प्रतिशतले घटेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ मा फ्रान्सको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । ऊर्जा मूल्यमा वृद्धि र घरेलु मागमा कमजोरीले आर्थिक गतिविधिमा थप असर पार्न सक्ने कोषको आकलन रहेको छ । आगामी राष्ट्रपतीय निर्वाचनको तयारीसँगै राजनीतिक अनिश्चितता बढ्न सक्ने भएकाले बजेट घाटा घटाउने र सरकारी ऋण नियन्त्रण गर्ने चुनौती पनि थपिएको छ ।