पूर्वराष्ट्रपति रामवरण यादवले पुख्र्यौली गाउँ सपही पुगेर मनाए दसैँ

10 Shares

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले यस वर्षको बडादसैँ आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँग मनाएका छन् ।

बडादसैँको अवसरमा पूर्वराष्ट्रपति यादव मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुगेका थिए ।

उनले यस वर्ष गाउँमै परिवारजन तथा दाजुभाइसँगै उल्लासमय वातावरणमा विजयादशमी मनाउँदै शुभकामना आदानप्रदान गरेको जानकारी दिएका छन् ।

परिवार र आफन्तसँग भेटघाट गर्दै दसैँ मनाउने परम्परालाई निरन्तरता दिँदै पूर्वराष्ट्रपति यादवले पुख्र्यौली गाउँमै पुगेर यस वर्षको दसैँ मनाएका हुन् ।