रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता सम्भव रहेको ट्रम्पको दाबी

280 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुस सम्झौता गर्न तयार रहेको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि वार्ता अघि बढाउन अनिच्छुक रहेको आरोप लगाउनुभएको छ ।

जेलेन्स्कीले चाहे युद्ध धेरैअघि नै अन्त्य हुन सक्ने बताउँदै युक्रेनमा नयाँ निर्वाचन गराउनुपर्ने टिप्पणीसमेत गर्नुभएको छ । ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएपछि रुसले अमेरिका तथा विश्व बजारमा सस्तो डिजेल आपूर्ति गर्ने समझदारी भएको ट्रम्पले बताउनुभएको छ । तर जेलेन्स्कीले ऊर्जा बिक्रीबाट प्राप्त आम्दानीले रुसको सैन्य कारबाहीलाई थप आर्थिक सहयोग पुग्ने भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

युद्ध अन्त्यका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ र जेरेड कुश्नरले मियामीमा युक्रेनी तथा युरोपेली प्रतिनिधिहरूसँग वार्ता गरेका छन्। यता, रुसले आफ्नो संसदीय निर्वाचनका क्रममा भएको युक्रेनी ड्रोन आक्रमणले तत्काल शान्ति वार्ता पुनः सुरु गर्ने सम्भावना कमजोर बनाएको जनाएको छ ।